images
images
  • मनाङमा दुई सय ६३ नयाँ मतदाता थपिए

    लमजुङ । हिमाली जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानअन्तर्गत दुई सय ६३ जना नयाँ मतदाता थपिएका हुन् ।

    कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो ।

    त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासो गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।

    निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको बताए ।

    मनाङ ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासो गाउँपालिकाबाट २५ जना मतदाता थपिएका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दुई सय मतदाता थपिएका छन् ।

    २०७७ चैतसम्म १८ वर्ष पुगेको मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images