images
images
  • नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको पुत्ला दहन

    विराटनगर- नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन । एमिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।

    पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

    एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालिएका थिए भने गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images