images
images
  • सुदूरपश्चिम : बढ्यो सङ्क्रमण, १९४ मा पुष्टि

    बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । आज थप १९४ मा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७१३ जनाको नमूना परीक्षण गर्दा १९४ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    पीसीआरमार्फत ३९ र एन्टिजेनमार्फत १५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ३१, महाकाली अस्पतालमा छ, जिल्ला अस्पताल बैतडीमा दुई र एन्टिजेनमार्फत कैलालीका ७७, कञ्चनपुरका ७४, दार्चुलाका दुई, बैतडी र डोटीका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    गएको २४ घण्टामा प्रदेशभर पाँच निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा १५९ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका थिए भने आइतबार ६२ जनामा पुष्टि भएको थियो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images