images
images
  • भण्डारी बनिन् एमाले बागलुङकै कान्छी नेता

    बागलुङ । नेकपा (एमाले)को १० औं महाधिवेशनमा बागलुङकी सबैभन्दा कान्छी सदस्यको रुपमा गलकोटकी आकृति भण्डारी निर्वाचित भएकी छन् ।

    बागलुङको गलकोट नगरपालिका–२ की २५ वर्षिया भण्डारीले भने छोटो समयमा जिल्लाको मूलधारको राजनीतिक यात्रा तय गरेकी छन् । देशका विभिन्न राजनीतिक दलको अधिवेशनहरुमा युवाहरुको लर्को लागेको देखिन्छ । केही ठूला राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी लगायतका राजनीतिक दलको अधिवेशनमा समेत युवाको आर्कषण बढेको छ ।

    नेकपा एमालेको सोमबार सम्पन्न अधिवेशनमा खुल्ला महिलातर्फ आकृति भण्डारी निर्विरोध भएकी थिइन् । भण्डारी जिल्ला कमिटिकै कान्छी सदस्य भएको नेकपा एमालेका नवनिर्वाचित सचिव विष्णु भूषालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images