म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ ।
तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए । मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















