images
images
  • कांग्रेस प्रदेश अधिवेशन: सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

    पोखरा- नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

    उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ ।

    यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।

    बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ ।

    congress.jpg 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images