images
images
  • सिन्धुली रातामाटामा आगलागी, अझै नियन्त्रणमा आएन

    काठमाडौं- सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित रातामाटामा आगलागी भएको छ । शाह आइरन एन्ड इलेक्ट्रिक सेन्टरमा आज विहान १० बजेदेखि आगलागी सुरु भएको हो ।

    सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाका अनुसार आगलागी हुँदा करोडौंको सम्पत्ति जलेको छ । ‘‘विद्युत् सट भएर हार्डवेयरको गोदामबाट आगलागी सुरु भएको हो । बाहिरी रुपमा आगो नियन्त्रण गरिएको छ । तर अहिले पनि आगलागी पूर्ण नियन्त्रणमा आइसकेको छैन,” उनले भने ।

    कमलामाई नगरपालिकाको दमकल, प्रहरी कार्यालय सिन्धुलीको टोलिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images