मकवानपुर, १ मंसिर । मकवानपुरको हेटौंडामा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सबार एक युवकको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक गए राति भैंसी बोकेको ना ३ च ११९३ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ । मृतक रिजाल मकवानपुरकै कैलाश गाउँपालिका ४ का स्थायी बासिन्दा हुन् ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भ्यानले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका रिजालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनापछि पिकअप भ्यान र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


विश्व खबर 



















