images
images
  • भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ, दुई बुक ताससहित १२ लाख ४३ हजार भन्दा बढि रुपैयाँ बरामद

    काठमाडौं। भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ परेका छन् ।

    गए राती भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images