images
images
  • भेट्रान्स कप : जुमनुलाई गोल्डेन बुट

    काठमाडौं- उपविजेता फ्रिडम खुमलटार भेट्रान्स क्लबका स्ट्राइकर जुमनु राईले मेयर कप भेट्रान्स पुरुष फुटबल प्रतियोगितामा गोल्डेन बल जितेका छन् ।

    मंगलबार समापन प्रतियोगितामा जुमनुले तीन गोल गरेका थिए । पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका जुमनुले सेमिफाइनलमा सानो गौचरण नाईट किंग्स क्लब ९एसएनकेसी०लाई एक गोल गरेका थिए ।

    यद्यपि, जुमनु सम्मिलित फ्रिडम खुमलटार उपाधि जित्न असफल रह्यो । फाइनलमा खुमलटार झापा भेट्रान्स एफसीसँग २–१ गोल अन्तरले पराजित भयो ।

    झापाको जितमा श्याम कुमार गोलेले दुई गोल गरे । खुमलटारका लागि एकमात्रै गोल कप्तान नरेन्द्र लामाले गरे ।

    प्रतियोगितामा जुमनुले गोल्डेन बल सहित जनही पाँच हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको ब्यक्तिगत बिधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट भए ।

    यस्तै उत्कृष्ट गोलकिपर रुपक कुमार गुरुङ, उत्कृष्ट मिडफिल्डर भेषराज लिम्बु, उत्कृष्ट फरवार्ड नरेन्द्र लिम्बु, उत्कृष्ट प्रशिक्षक सन्तोष राई भए ।

    खुमलटारका विनोद खड्गीले उत्कृष्ट डिफेन्डर अवार्ड प्राप्त गरे । फुटबलर्स मिसन टुगेदरको आयोजनामा भएको प्रतियोगिताको विजेता झापाले ५ लाख पाएको छ भने उपविजेता खुमलटारले दुई लाख ५० हजार प्राप्त गरेको छ ।

    पहिलो संस्करणको प्रतियोगितामा २१ भेट्रान्स क्लबले सहभागीता जनाएका थिए । न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images