images
images
  • बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण

    लमजुङ- लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका(२ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो ।

    स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि सेनालाई अनुरोध गरेपछि ६० हजार बरावरको लगानीमा पुल निर्माण गरिएको श्रीजङ गणका गणपति जयराम थापाले बताए ।

    सेनाले ब्यारेकभित्र रहेका फलामका सामाग्री र केही सामाग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस्ट पुल निर्माण गरेको गणपति थापाको भनाइ छ ।

    पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुई पाङ्ग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ । यसअघि कजवे मात्र रहेको उक्त खोलामा पैदल यात्री र दुई पाङ्ग्रे सवारीका निम्ति निकै कठिन भएको थियो । न्युज कारखाना

    प्रतिक्रिया दिनुहोस्
    images
    images