images
images
  • प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता ११ कात्तिकदेखि हुने

    काठमाडौं- नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता ११ कात्तिकदेखि हुने भएको छ ।

    प्रतियोगितामा सातै प्रदेशबाट करिब २५० खेलाडीको सहभागिता रहेको संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    पुरुषमा नौ र महिलामा दुई गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ३० किलोमुनि, ३५ किलोमुनि, ४० किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि, ५५ किलोमुनि, ६० किलोमुनि, ६५ किलोमुनि र खुला तौल समूह स्पर्धा समावेश छन् ।

    महिलामा ४५ किलोमुनि र खुला तौल समूहमा भिडन्त हुनेछ । पुरुषरमहिला खुलामा पहिलो हुनेले एक तोला सुनको पदक तथा दोस्रोले पँच तोलाको चाँदीको पदक प्राप्त गर्नेछन् ।

    बाँकी हरेक स्पर्धाका विजेताले पाँच हजार, उपविजेताले तीन हजार तथा तेस्रोले एक हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । तीन दिने प्रतियोगिताका खेलहरू काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images