images
images
  • अहिले एनआरएनएमा देखिएको समस्या र समाधानको उपाय

    गोविन्द प्रसाद गौतम
    ‘गैरआवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ की यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुनपनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसैकसैको चिनजान भएपनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना साटासाट गर्न पाएका थिएनन । त्यसैमाथि विश्वमा छरीएर रहेका नेपालीलाई एउट्टै मालामा उन्ने कुरामा खासै कसैको ध्यान जान सकेको थिएन । त्यो अवस्थामा रसीयामा रहनु भएका उपेन्द्र महत्तो, जीवा लामिछाने र भीम उदास लगायतका व्यक्तिहरुको सोच र पहलमा गैरआवासीय नेपाली संघको स्थापना भयो । यसको भावना पवित्र थियो र छ पनि ।

    नेपालमा जन्मीएरपनि परिस्थितिबस विदेशमा रहनु परे तापनि नेपाली भावना मेटीन सक्ने कुरै थिएन । म स्वयम् पनि पढाईको सिलसिलामा रसिया पुगेको थिए। पढाई सकेपछि पनि स्वदेश नफर्की त्यही नै व्यापार व्यवसायमा लाग्न थाले । त्यसै सिलसिलामा माथि उल्लेख गरेका व्यक्तित्वहरुसँग चिनजान पनि भयो । फलत गैरआवासीय नेपाली संघको स्थापना गर्ने सोच कसरी आयो, लक्ष्य र उद्देश्य के थिए, सबैभन्दा पहिले रसियामा कसरी बन्यो र कसरी बढ्यो भन्ने कुरामा म प्रत्यक्षभोगि थिए । पवित्र लक्ष्यका साथ गठन भएको हुँदा संघको स्थापना पश्चात मलाई यसको उद्देश्य र लक्ष्यले आकर्षित गर्यो । फलत म यो संस्थासँग जोडिन पुगे । हालसम्म पनि म यो संस्थाको अभियानमा सकृय सहभागिता जनाउदै र संघले दिएको जिम्मेवारी सफलताका साथ पुरा गर्दे आएको छु ।

    Govinda Prasad Gautam
    गोविन्द प्रसाद गौतम

    मानिस सामाजिक प्राणि भएको हुँदा देश, विदेश र विश्वपरिवेशले उसलाई कुनै न कुनै रुपमा प्रभाव पारेको हुन्छ नै । नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि राजनीतिप्रति चासो राख्ने कुरा स्वभाविक भए पनि विदेशमा रहेकाहरुको ध्यान राजनीतिभन्दा पनि आफुले गर्दे आएको पेशा र व्यवसायप्रति नै बढी तल्लीन हुन्थे । उपेन्द्र महत्तो ,जीवा लामिछाने र भिम उदासजस्ता तत्कालीन रुसबासी नेपाली अग्रजहरुले राजनीतिक सोचले भन्दा पनि विश्वमा छरीएर रहेका नेपालीलाई एउट्टै मालामा गास्ने उद्देश्य राखेको हुँदा म पनि त्यसप्रति आर्कर्षित भए । फलत मैले आस्था राख्दै आएको वीचार र मान्दै आएको पार्टीलाई ओझेलमा पार्दै पार्टीको राजनीति भन्दा पृथक रहे र एनआरएनएमा आबद्ध भए। सुरुका वर्षहरुमा यो संस्था राजनीतिभन्दा पनि देशप्रेमको भावनाले ओतप्रोत भयो ।

    पछिल्ला दिनमा आउदा क्रमश राजनीतिक रङ्ले लतपतिन पुग्यो । फलत केही समय यता भएको संघको सम्मेलन र नेतृत्व चयनमा नेपालका राजनैतिक पार्टीका खुङ्कार अनुयायीहरु टिम बनाएर चुनाव लड्न थाले । नेताहरुलाई खुशी पार्न सक्नेहरु नै टिममा परे । म जस्ता पार्टीलाई भन्दा एनआरएनएलाई महत्व दिदै पवित्र भावनाले संघमा लागेका र यसको पवित्रआत्मालाई मर्न दिनु हुँदैन भन्नेहरु टिमको रिङबाट बाहिर पर्न थालियो । पछिल्लो पटक यहि अक्टोबर २०तारिख मा सघको।अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने भनिएको थियो तर राजनीतिक दलहरुले नेतृत्व आफ्नो पक्षमा पार्न खोज्ने कुराले सम्मेलन हुन सकिरहेको छैन ।

    कस्तो बिडम्वना रह्यो भने सम्मेलन र नेतृत्व चयन गौरआवासिय नेपालीको हुने । तर नेतृत्व चयन गर्ने कुरा दलका नेताहरुलाई सोधेर गर्ने गरीयो । जुन गलत परम्परा थियो । त्यसै भएर यसको गरिमा घट्दै गएको महसुश भएको छ । त्यसैको उच्च रुप यसपटक देखिएको छ ।मेरो बिचारमा एनआरएन आजको अवस्थामा आइपुग्नुमा निम्न कारणहरु रहेका छन जस्तो मलाई लाग्दछ।
    -संस्थामा आफैमा ठुलो हुनु ।
    -संस्थालाई नेपाल सरकारले मान्यता दिएपछि पदीय हिसावले उच्च रहनु ।
    -राजनीतिक दलहरुले चुनावमा चन्दा उठाउने र अन्य प्रयोजनका लागि नेतृत्वमा आफ्ना पार्टीका मान्छेलाई ल्याउन खोज्नु।
    -संघको बिधानलाई संस्थापन र अर्को समुहले आफु अनुकूल ब्याख्या गर्नु ।
    -पैसा र बाहुवली देखाएर नेतृत्व हडप्न खोज्नु ।
    माथि उल्लखे गरीएका बाहेक अन्य थुप्रै कारण भए तापनि मुलत यीनै कारणले एनआरएनमा यस्तो सङ्कट निम्त्याउन पुगेको हो । संस्थामा आउन सक्ने सङ्कट र भित्रिन सक्ने नकारात्मक कुराहरुप्रति बेलैमा सचेत हुनु पर्ने थियो । त्यो हुन सकेन त्यो एउटा दुःख पक्ष रह्यो नै । यद्यपि यसबाट भागेर जानपनि सकिदैन ।

    एनआरएनको उद्देश्य र लक्ष्यलाई भन्दा नेतृत्व हडप्ने सोचलाई प्राथमिकतामा राख्दै गरेको कामको परिणाम क्रमश देखिन थालेका हुन । फलत यसपटक तोकिएको मिति र समयमा सम्मेलन हुन सकिरहेको छैन । बरु आशङ्काका काला बादलहरु मडारीन पुगेका छन । सम्मेलन गरेर नेतृत्व चयन गर्ने बेलामा अनेक खालका तिक्डम चालिएका छन । ढिलै भए पनि नियोजित रुपमा स्वार्थवश चालिएका गलत प्रवृतिलाई बेलैमा रोकेर यो संस्थाको गरीमालाई कायम राख्न आवश्यक छ । अहिले देखिएको विवादको सामधान अध्यक्ष, संरक्षक परिषद, आइसिसि, एनसिसि र परराष्ट्र मन्त्रालयले मात्र गर्ने सक्ने देखिदैन ।

    यसलाई दीर्घकालीन समय सम्मका लागि स्टेबल बनाउन आम गैर आवासीय नेपालीहरुको बिवेक र चेतनाको आवश्यक पर्दछ।एनआरएनलाई कसरी व्यवस्थीत गर्ने भन्ने कुरा भोलीका दिनमा पनि गर्न सकिने भए तापनि तत्कालको परिस्थितिलाई सहजीकरण गर्न संस्थालाई सफलतापूर्वक हाकेर आउनु भएका पूर्वअध्यक्षज्यूहरु बीच सहमतिका साथ एउटै अवधारण बनाएर यथासंम्भव छिटो सम्मेलन गरी नयाँ नेतृत्व चयन गर्नु नै अहिलेको सङ्कटग्रस्त एनआरएनएलाई बचाउने उत्तम उपाय हुनसक्छ । अन्यथा नेपाली राजनीतिको शैलीले नेपाली जनता जसरी आजीत भएका छन त्यसबाट एनआरएन पनि अछुतो रहन सक्ने भएन। अनि त्यसपछि उत्पन्न परिणाम भोग्नु त छदैछ ।

    (एनआरएनएका अभियान्ता हुन् ।)

    प्रतिक्रिया दिनुहोस्
    images
    images