images
images
  • मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

    • images
    • ९ आश्विन २०७८

    पोखरा- नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    शनिबार चार वटै पालिकामा नेतृत्व चयन गरिएको हो । नाशों गाउँपालिकाको सभापतिमा हुपजंग गुरुङ चयन भएका छन् । उनी वडा नम्बर ८ का वडाध्यक्षसमेत हुन् ।

    चामे गाउँपालिका सभापतिमा पेम्बा दोर्जे लामा निर्वाचित भए । नार्पाभूमि गाउँपालिकाको सभापतिमा पालिका अध्यक्ष मिङ्मा छिरिङ लामा चयन भएका छन् ।

    मनाङ ङिस्याङ गाउँपालिका सभापतिमा कान्छा गुरुङ चयन भएका छन् । नाशों, चामे र ङिस्याङमा ३५ तथा नार्पाभूमीमा २३ सदस्यीय कार्यसमिति चयन भएको पार्टी जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images