images
images
  • शहीद र बेपत्ताजनका परिवारका सदस्यको उपचार निःशुल्क हुन्छ: चन्द्रबहादुर बुढा

    गण्डकी- गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सरकारले जनयुद्ध तथा जनआन्दोलनका शहीद, बेपत्ताजन, घाइते र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) बागलुङ नगरपालिका–७ वडाकमिटिद्वारा आज आयोजित जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले गण्डकी प्रदेश मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयनका लागि शहीद तथा बेपत्ताजनका परिवारको सङ्ख्या पुनरावलोकन गर्ने काम भइरहेको बताए  । “शहीद, बेपत्ताजनका परिवारका सदस्य र घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण भइसकेपछि सोही आधारमा निःशुल्क उपचारको प्रबन्ध हुन्छ”, मन्त्री बुढाले भने ।

    प्रदेश सरकारले चालु आवको बजेट तथा कार्यक्रममा पनि जनयुद्ध तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । निःशुल्क उपचार सेवा प्रवाहका लागि कार्यविधि बनाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री बुढाको भनाइ छ ।

    सोही अवसरमा उहाँले बागलुङ–७ कालिमाटीका चार जनयुद्धका शहीद र दुई बेपत्ताजनका परिवारका सदस्यलाई सम्मानसमेत गर्नुभएको थियो । मन्त्री बुढाले उत्पीडित जाति, वर्ग, लिङ्ग र समुदायको मुक्तिका लागि पार्टीले विगतमा जनयुद्ध लडेको बताए। उनले कृषिलगायत क्षेत्रको विकासमार्फत मुलुकलाई समृद्धितिर लैजाने अठोटसहित राजनीतिक नेतृत्वले काम गर्नुपर्ने उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images