काठमाडौं – समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।
राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको खातीले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















