images
images
  • पशुपतिमा तीजको रमझम (तस्विर कथा)

    काठमाडौं-आज हरितालिका तीजको मुख्य दिन, हिन्दू नेपाली महिलाले विशेष रुपले मनाउँदैछन् । काठमाडौं उपत्यकामा धेरै हिन्दू महिलाहरु पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा पुगेका छन् ।

    त्यहाँ उनीहरुले मन्दिर तथा शिवालयमा भेला भएर शिवको पूजा गर्ने, नाचगान गर्ने गर्छन् । विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ । विगतका वर्षहरुमा तीजका बेला पशुपतिनाथलगायतका शिवालयमा पूजा गर्न जाने महिलाको निकै ठूलो भीड लाग्थ्यो । तर गत वर्ष र यसवर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको छ ।

    सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न, मास्क लगाउन, व्यक्ति–व्यक्तिबीचको दूरी २ मिटर कायम गर्न आग्रह गरेको छ । तर तीजको दिन मन्दिर पुग्नेहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका छैनन् ।

    हेर्नुहोस् तस्वीरहरु

    teej 2 teej 3 teej 4 teej 5 teej 6 teej 7 teej 8 teej 9 teej 11 teej 12

    प्रतिक्रिया दिनुहोस्
    images
    images