images
images
  • व्यक्ति हत्याका अभियुक्त २७ वर्षपछि पक्राउ

    भोजपुर – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    २०५० सालमा सोही गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय राजधन राईको हत्या गरी उनी फरार भएका थिए । हत्या अभियोगमा जिल्ला अदालत भोजपुरले उनलाई तीन वर्ष कैद फैसला सुनाएको थियो ।

    पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए पश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद सजायको फैसला सुनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images