images
images
  • डियर जिन्दगी…

    • images
    • १९ भाद्र २०७८

    डियर जिन्दगी….,
    के भनेर सुरु गरु
    अनि कसरी तेरो बयान गरु
    छैन मसँग केहि शब्दहरु
    जसले तेरो वयान गरोस्
    छैन मसँग केहि तर्कहरु
    जसले तेरो आलोचना गरोस्
    छन् त केवल मुटुमा सँगाली राखेका
    तैले नै सिकाएका राम्रा अनि नराम्रा क्षणहरु
    खोलाको पानी झै छचल्किने भावनाहरु
    तेरै लागि साचेर राखेको छु
    कुनै दिन मुस्कानको छाहरीमा बसी तलाइ नै सुनाउछु भनी

    तर डियर जिन्दगी …
    न यो ओठमा मुस्कान आउछ
    न यो मनमा शान्ति छाउछ
    न यो आँखामा आसु आउछ
    न यो जीवनमा हासो छाउछ
    केवल तेरै वाटो हेरी बसेको छु
    अनि तलाइ नै पर्खी वसेको छु
    आशा छ …तँ कुनै न कुनै दिन आउलास्
    हर्ष अनि खुसी ल्याउलास्
    मेरै मनको दैलो ढकढक्याउलास
    अनि भन्लास् …
    पोख तेरो बेदनाहरु मनको बाँध नै फुट्ने गरी
    पोख तेरो भावनाहरु आँधीहुरी आउने गरी
    हो…म त्यही दिनको पर्खाउइमा छु

    डियर जिन्दगी …,
    तँ आउछस् नी,
    धेरै चोटी आशाको दियो निभाइसकेको छु
    धेरै चोटी तलाई सम्झी कल्पनामा हराइसकेको छु
    लाग्छ तैले कल्पनाभन्दा वढी केहि दिन सक्दैनस्

    डियर जीन्दगी …,
    सुनेको थिए जहाँ हार हुन्छ त्यही जित हुन्छ
    जहाँ निराशा हुन्छ, त्यही आशाको दिप बल्छ
    जहाँ सुर्य अस्ताउछ, त्यहीबाट उज्यालोको शुरुवात हुन्छ
    जहाँ शुन्य हुन्छ ,त्यहीबाट असख्य शुरु हुन्छ
    तर डियर जिन्दगी …,
    न हार छ यहाँ , न त जीत नै छ यहाँ
    न आशा छ नै गर्न सक्छु नत निराशा नै छु त देखि
    आशा छ कुनै न कुनै दिन आउलास् नयाँ सुर्यका किरण उदालास्
    यो शुन्यताको भावलाई उज्यालो किरणले चम्काउलास्
    हो म त्यहि दिनको पर्खाउइमा छु ,
    त आउछस् नी…!

    डियर जिन्दगी…,
    न तलाई आई लभ यु नै भन्न सक्छु ,
    न त आई हेट यु नै
    न त तँसँग खुसी नै छु
    न तसँग दुखी नै छु ।
    डियर जिन्दगी ,
    त आउछस् नी…!!!

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images