images
images
  • कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु


    मोरङ। कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ ।

    विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलबार बिहन ४ वजे उनको मृत्यु भएको सप्तकोशी नगरपालिका–५का वडाअध्यक्ष दिपक लेखीले बताए ।

    उनले भने,‘ सप्तकोशी नगरपालिकाका लागि ठूलो क्षति हो, हामी निशब्द भएका छौं ।’ दोस्रो लहरको कोरोनाकालमा यो सहित सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको वडाअध्यक्ष लेखीले बताए । उनले भने,‘हिजो पनि एक जनाको मृत्यु भएको थियो ।’

    दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images