images
images
  • लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

    लमजुङ – लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका-९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको जनाएकाे छ । खुकुरी प्रहारपछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो ।

    आलेलाई खुकुरी प्रहार गर्ने सुरज फरार छन् । फरार थापा ट्याक्टर चालक भएको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images