images
images
  • स्वर्गको एक टुक्रा ‘बडिमालिका’ (फोटोफिचर)

    • images
    • १२ भाद्र २०७८

    बाजुरा-  बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो। यो सुदुरपश्चिमको बाजुरा जिल्लामा पर्दछ ।समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने गर्दछ।

    बडिमालिका सौन्दर्यका  हिसाबले मात्रै नभई धार्मिक तथा पर्यटकिय  हिसावले पनि महत्वपूर्ण मानिन्छ । यहाँ प्रतेक बर्ष वर्ष चतुर्दशीका दिन मुख्य पूजा लाग्ने गर्दछ। मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ -३ दिनमा पुग्न सकिन्छ।

    नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्। बडिमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

    बडिमालिकामा प्रत्येक हरेक वर्षको भदौमा अर्थात जनैपूर्णिमाका  दिन  ठूलो मेला लाग्ने गर्दछ। बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ। मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ ।

    मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारिक  मेलाका कारण बडीमालिकाको महत्त्व सीमित छ ।

    अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट) हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक छ ।

    मेला लाग्ने समयमा केही स्थानीय व्यापारीहरूले पसल राख्ने गर्छन्।अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन्। मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन्। आफुलाई आवश्यक पर्ने  सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । तैपनि यहाँको मनोरम दृष्यले सबै दुःख कष्ट बिर्साइदिेने गर्छ ।

    Badimalika 5

    Badimalika 1 1

    Badimalika 4 1

    Badimaliaka 1

    Badimalika

    Badimalika 3 1

    तस्विर:  सामाजिक संजाल

    Badimalika 2 2

    Badimalika 3

    Badimalika 4

    तस्विर:  सामाजिक संजालBadimalika 16

    Badimalika 13

    Badimalika 15

    Badimalika 20

    Badimalika 14

    Badimalika 17

    Badimalika 12

    Badimalika 6

    Badimalika 9

    Badimalika Mandir

    Badimalika 19

    Badimalika 5 1

    तस्विर:  सामाजिक संजाल

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images