images
images
  • विद्युत विस्तारका लागि प्रधानमन्त्री कार्यालयको सिफारिस

    खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा केन्द्रीय विद्युत विस्तारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिफारिस गरेको छ ।

    जन्तेढुंगा गाउँपालिका–१ देविस्थानदेखि ६ दिप्लुङसम्म विद्युत विस्तार योजना सञ्चालनका लागि कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, कांग्रेस जन्तेढुंगा उपसभापति बाजिन्द्र विष्ट र कोषाध्यक्ष अनिता राईले दिएको निवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालय, सिंहदरबार समक्ष सिफारिस गरेको हो ।

    जन्तेढुंगा गाउँपालिका–३ काहुले, ४ डम्वर्खुशिवालय, ५ चिसापानी र ६ दिप्लुङमा आंशिक विद्युत विस्तार भइसके पनि १ देविस्थान र २ बोपुङमा हालसम्म पूर्णरुपमा विद्युत विस्तार भएको छैन । आंशिक विद्युत विस्तार भएको वडामा पूर्णरुपमा विद्युत विस्तार गर्न र विद्युत पुग्दै नपुगेका वडामा विद्युत विस्तारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कांग्रेसले भदौ १ गते निवेदन दिइएको थियो ।

    देश उज्यालो भइरहँदा जन्तेढुंगा गाउँपालिकाका जनताले विजुली उपभोग गर्न नपाएको भन्दै कांग्रेस जन्तेढुंगा उपसभापति विष्टले केन्द्रीय विद्युत विस्तारका लागि पहल गरिएको बताए। निवेदनमा खोटाङको समग्र विकासका लागि समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images