images
images
  • इरानले अमेरिकी सेनामाथि आक्रमण गर्न एलन मस्कको स्टारलिंक प्रयोग गरेको खुलासा

    काठमाडौं– अमेरिकी सेनामाथि आक्रमण गर्न इरानले एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक प्रयोग गरेको खुलासा भएको छ । अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार इरानले सैन्य सूचना आदानप्रदान र विस्फोटक पदार्थ बोकेका ड्रोन सञ्चालन गर्न स्टारलिंक प्रयोग गरेको थियो ।

    इरानले कुन आक्रमणमा यसको प्रयोग गरेको हो भन्ने भने खुल्न सकेको छैन । कुवेतको पोर्ट सुआइबामा मार्च १ मा भएको ड्रोन आक्रमणमा अमेरिकी सेनाका ६ सदस्य मारिएका थिए । उक्त आक्रमणमा स्टारलिंक प्रयोग भएरन भएको पुष्टि भएको छैन ।

    इरानमा स्टारलिंकको प्रयोग प्रतिबन्धित भए पनि सेवा सक्रिय छ । सरकारले इन्टरनेट बन्द गर्दा सर्वसाधारण र सरकारका आलोचकहरूले बाहिरी संसारसँग सम्पर्क गर्न यसको प्रयोग गर्दै आएका छन् ।

    तर, सैन्य गतिविधिमा समेत स्टारलिंक प्रयोग हुन थालेपछि स्पेसएक्सका लागि चुनौती थपिएको छ । मस्कले सैन्य प्रयोजनमा व्यावसायिक स्टारलिंक प्रयोग गर्नु सेवाका सर्तविपरीत भएको भन्दै यस्तो प्रयोग भेटिए सेवा बन्द गर्ने चेतावनी दिएका थिए ।

    यसअघि रुसले पनि युक्रेनमाथिको आक्रमणमा स्टारलिंक प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । त्यसपछि स्पेसएक्सले युक्रेनमा यसको प्रयोग सीमित गर्ने उपाय अपनाएको थियो ।

    नागरिकलाई सञ्चार सुविधा उपलब्ध गराउने प्रविधि युद्धमा समेत प्रयोग हुन थालेपछि यसको नियन्त्रण र सुरक्षाबारे नयाँ चुनौती देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images