काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकप्रति भावुक सन्देश व्यक्त गरेका छन् ।
फेसबुकमार्फत उनले एनपीएलको यो सिजन आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक रहेको बताएका छन् ।
प्रतियोगिताका क्रममा प्राप्त अनुभव र सम्झना जीवनभर आफूसँग रहने उनको भनाइ छ ।
‘जीवनभर सम्झनलायक यादहरू बोकेर जाँदै छु । तपाईंहरू सबैलाई धन्यवाद । आशा छ, छिट्टै फेरि भेट हुनेछ,’ उनले लेखेका छन् ।
उनले नेपाली भाषामै नेपालप्रतिको प्रेम व्यक्त गर्दै लेखेका छन्, ‘नेपाल, तिमीमा मेरो मुटु छ– अहिले पनि, सधैँभरि पनि ।’
प्रतिक्रिया दिनुहोस्






















