images
images
  • विगतका विद्रोह सम्झाउने फ्रान्सेली विद्रोह

    काठमाडौं- फ्रान्समा केही समययता जारी आन्दोलन केही मत्थर भएको अनुमान गरिएको छ । फ्रान्सको आन्तरिक मामला मन्त्रालयका अनुसार गएको शनिबार १ लाख ४६ हजार प्रदर्शनमा सहभागी थिए । यसमध्ये ४६ हजार जनाको प्रदर्शन राजधानी पेरिसमा भएको जनाइएको छ । प्रदर्शनमा सरिक युनियनको तथ्यांक भने अलि फरक छ । उनीहरूका अनुसार पेरिसमा ७५ हजार सही कुल २ लाख ५० हजारको प्रदर्शनमा सहभागिता थियो ।

    गएको साताभन्दा यस साता प्रदर्शनमा कम सहभागिता हो । तथापि प्रहरीले अश्रुग्याँस प्रयोग गरेको छ । लियोनमा सडकहरू अवरुद्ध भएको छ । फ्रान्सभरि भएको प्रदर्शनलाई आधार मान्ने हो भने सेप्टेम्बर १५ देखि अक्टोबर ३० को बीचमा १२०० भन्दा बढी स्थानमा प्रदर्शन भएको थियो । १०० जनाभन्दा बढी घाइते भएका थिए ।

    मध्य सेप्टेम्बरमा सुरु भएको यो प्रदर्शनमा शैक्षिक गुणस्तरको माग मात्र थियो भने मजदुर सङ्गठनको उपस्थितिपछि धेरै माग थपिएको थियो । १७ अक्टोबरका दिन मात्र देशभरि ५ लाख जनाको उपस्थितिमा प्रदर्शन भएको थियो । यसअघिको तुलनामा फ्रान्समा हुने प्रदर्शनमा उपस्थिति मात्र बढी छैन, धेरै आगजनी हुने भएको छ । सुरक्षाकर्मी पनि धेरै खटाइएका छन् ।

    france protest zen7

    अक्टोबर २८ का दिन फ्रान्सेली सरकारले धरपकड गरेको भन्दै मानव अधिकार आयोगले पनि आपत्ति जनाएको थियो । उत्तरी सहर लिलीमा भएको प्रदर्शनमा विद्यालयमा भएको प्रदर्शनमा ग्रेनाइड पड्काइएपछि एक टिनएजरले हात गुमाए । यसको व्यापक आलोचना भएको थियो ।

    सेप्टेम्बर महिनामा फ्रान्समा सुरु भएको यो प्रदर्शन अहिले युरोपका ३० देशमा पुगेको छ । फ्रान्समा जस्तै अवस्थामा सबै देशमा नपुगेको धेरै विज्ञहरूले बताउन थालेका छन् । फ्रान्सपछि स्पेन, इटाली, पोर्चुगल र जर्मनीमा प्रदर्शन भएको छ । स्पेनमा हजारौं जनाले प्रदर्शन गरे । आपत्कालको योजनालाई संसद्ले असफल बनाएपछि पेड्रो साँचेजको अल्पमतको सरकारलाई अप्ठेरो परेको छ ।

    जीवनमा आएको समस्यासहित विद्रोह बढेपछि इटालीमा पनि प्रदर्शनकारीको प्रहरीसँग झडप भएको छ । पोर्चुगलमा महँगी, जीवनयापनमा आएको समस्या र न्यूनतम ज्याला दरको विषयलाई लिएर दशौं हजार जना सडकमा आइसकेका छन् ।

    विगतको दुई प्रदर्शनको तुलनामा यो प्रदर्शन

    france protest zen6

    सन् १९६८ मा फ्रान्समा भएको प्रदर्शन र यस प्रदर्शनका बीचमा धेरै कुराको समानता छ । त्यस समयमा पनि सुरुमा विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यस प्रदर्शनमा मजदुरहरूको उपस्थिति बढेपछि नयाँ रूप लिएको थियो । त्यस विद्रोहले झन्डै सरकार ढालेको थियो ।

    मार्सेलीमा रिफर्म चोकमा विद्यार्थीहरुले जम्मा भएर ठुलो विद्रोह गरेका थिए । त्यस विद्रोहमा सरिक हुनेहरूले आफूलाई ६७ पुस्ताको रूपमा व्याख्या गरे । यसैलाई पछि जेन-६ र जेन- ७ को रूपमा व्याख्या गरिन थालियो ।

    नटिङघम ट्रेन्ट विश्वविद्यालयका प्राध्यापक कृश रेनर्ड त्यस विद्रोहलाई दूरगामी महत्त्वको भन्न चाहन्छन् । सानो विद्यार्थी समूहले सुरु गरेको त्यस विद्रोहले फ्रान्समा ठुलो विद्रोहको रूप लिएको थियो ।

    सन् १९६७ र ६८ को समयमा पेरिस विश्वविद्यालयअन्तर्गतको नानतारे कलेजका विद्यार्थीहरूले विद्रोह गरेका थिए । त्यस विद्रोहले पुरातनवादी र कुलिन सत्ताको विरुद्धमा आवाज उठाएको थियो ।

    नानतारे कलेजमा विद्रोह सुरु भएपछि कलेज बन्द भएको थियो । यसको लगत्तै सरबोन कलेजमा विद्रोह सरेको थियो । सुरुमा विद्यार्थीहरूले विश्वविद्यालयमा सुधारको माग गरेका थिए । तत्कालीन फ्रान्सेली राष्ट्रपति चार्ल डी ग्वेलले प्रहरी परिचालन गरे । प्रदर्शनकारी र प्रहरीको बीचमा झडप भएको थियो ।

    IMG 20261108 WA0006

    प्रदर्शनमा मजदुर सङ्गठनको पनि उपस्थिति भएपछि त्यस समयको सत्ताले रोक्न सकेन । राष्ट्रपतिले संसद् विघटन गर्दै निर्वाचनमा जाने निर्णय गरे । निर्वाचनमा कन्जरभेटिभ पार्टीले नै सफलता पाएको थियो ।
    त्यस ठुलो विद्रोहले धेरै उपलब्धि दिलाएन । परन्तु सत्ताका सामु सधैं सुधारिन दबाब भने सृजना भएको थियो ।

    केही विद्यार्थीले चिलीमा गरेको प्रदर्शन इतिहासले नै सम्झने किसिमको थियो । त्यस समयमा उच्च शिक्षा निःशुल्क र विश्वविद्यालयरहित सामुदायिक शिक्षाको माग गरिएको थियो । विद्यार्थीहरूले नाफारहित शिक्षा, शिक्षामा समान पहुँच र विद्यार्थीलाई कम ब्याजदरमा ऋणको मुद्दा उठेको थियो ।

    चिलीका विद्यार्थी सङ्गठनका नेतृ कामेला भालेजोको नेतृत्वमा आन्दोलन भएको थियो । प्रदर्शन, हड्ताल, भोक हड्ताल र आमसभालगायत विषयमा नै रहेर त्यस समयमा विरोध प्रदर्शन भएको थियो ।

    यस आन्दोलनले सो समयका राष्ट्रपति सेबास्नि गेबारको लोकप्रियता घटेको थियो । विद्यार्थीहरूका धेरै माग सम्बोधन भएका थिए । भालेजोलगायत धेरै जना नेतृत्वमा उदाएका थिए ।

    सन् २०१३ को निर्वाचनमा भालेजो चिलीकी संसद् भइन् । उनीसँगै विद्यार्थी आन्दोलनमा नेतृत्व गरेका गाब्रियल बोरिक चिलीका राष्ट्रपति भएपछि सन् २०२२ को मार्च पछि उनी क्याबिनेटमा आएकी छन् ।

    camila vallejo

    अहिले उनी क्याबिनेटमा छैनन् । पछिल्लो समय उनी सामाजिक गतिविधिमा नै सक्रिय छिन् । उनी अहिले डिजिटल वेब सिरिजमा काम पनि गर्ने गरेकी छन् ।

    संसारमा आजसम्म धेरै विद्रोह युवाको बलमा भएको छ । त्यस विद्रोहले केही नयाँ सन्देश दिएको छ । विद्रोह र सुधारलाई लिपिबद्ध गर्न चुकेकै कारण धेरै विद्रोही नेताहरूको योगदान पनि कालान्तरमा हराएको यथार्थ संसारका धेरै देशको राजनीतिमा छ । भालेजोको यो प्रयास भने अन्यको भन्दा फरक छ ।

    अहिले फ्रान्सको विद्रोहले संसारमा नै नयाँ रूप लिएको छ । विगतको धेरै विद्रोहको चर्चा फेरि हुन थालेको छ । यसको अन्तिम परिणाम र यसले तय गर्ने बाटोका लागि अझ केही महिना कुर्नु सही हुनसक्छ ।

    -अलजजिरा, टाइम्स म्यागेजिन, बीबीसीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images