images
images
  • देशभर थप १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं – देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयमा अनुसार देशभर २० जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १ हजार ३२० रहेको छ । सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । २

    ४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images