images
images
  • कस्ता मानिसलाई लामखुट्टेले बढी टोक्छ ?

    काठमाडौं- लामखुट्टे एउटा यस्तो किरा हो जसले मानिस र जनावर भएको ठाउँ परे बाट थाहा पाउँछ। यसमा एउटा विशेष प्रकारको सेन्सर हुन्छ। यसैको मद्दतले लामखुट्टेले शिकारलाई खोज्दछ।

    गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ। तर हामीमध्ये कतिलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ। तर किन त रु लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त रु यस्ता छन् कारण स्

    १. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ। मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ।

    २. धेरै पसिना आउने मानिस प्रति लामखुट्टे आकर्षित हुन्छ। किनकि लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ।

    ३.यदि कसैमा कोलेस्ट्रोलको मात्रा धेरै छ भने उनीहरुलाई लामखुट्टेले धेरै टोक्ने गर्छ।

    ४. मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन्। त्यसैले उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ।

    ५.महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ।

    ६. कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन्।

    ७. बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ। कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ।

    ८. अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images