झापा- हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका- २ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवालकाअनुसार आजको प्रातकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए ।
गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।
खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।
प्रतिक्रिया दिनुहोस्























