images
images
  • प्रहरी कार्यालय बाजुराद्वारा “नेपाल मास्क अभियान” सँचालन

    बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले“नेपाल मास्क अभियान” कार्यक्रम सँचालन गरेको छ । सदरमुकाम मार्तडी बजारको क्षेत्रमा रहेका सर्वसाधारणहरुलार्इ माक्स लगाएर कोरोना भाइरस बाट सुरक्षित रहौ भन्दै बजार क्षेत्रमा माक्स नलगाएर हिड्ने सर्बसाधारणहरुलाई मास्क बितरण गरेको छ ।

    “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मार्तडी बजार क्षेत्रकमा स्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण पालना गरी अभियान सँचालन गरेको छ ।

    अभियानमा “तपाईको माक्स खोई ?”, सामाजिक दुरी कायम गरौ, साबुन पानीले हात धुने गरौ, जस्ता सचेतना मुलक प्लेकार्ड सहित माईकिङ गरी माक्स नलगाई हिडडुल गर्ने सबै  सर्वसाधारण, सवारी चालकर यात्रुहरुलाई समेत सचेत गराई रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    प्रहरीले बजारमा भेटे जतिका सर्वसाधारणहरु सबैलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । यसै क्रममा सर्वसाधारणका लागि ४५० थान माक्स बितरण तथा सम्झाई बुझाई हुने गरी सचेतना मुलक र्‍याली कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    प्रहरीका अनुसार बजार क्षेत्रमा कोरोना भाइरस कोभिड- १९ बाट सबै सुरक्षित रहौ खोप लगाउ भन्दै सर्वसाधारणहरुलाइ जनचेतना फैलाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images