images
images
  • विशिष्ट स्वाद र उत्कृष्ट अनुभव पस्किँदै मार्सी बियर

    काठमाडौं- नेपाली हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी बियर, नाम मात्रले नेपाली होइन पौरखी हातहरूले मिहिनेत गरेर उत्पादन गरेको यस्तो नेपाली बियर हो, जुन स्वाद र अनुभवमा पनि नेपाली नै छ ।

    टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा सर्वत्र उपलब्ध छ । “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छन् ।

    मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । नेपालमा नै केही गर्छु र नेपालीहरूकै लागि केही गर्छु भन्ने चाहना र हुटहुटी भएका मनैले नेपाली पारखीहरूका लागि मार्सी बियर पहिलो र सर्वोत्कृष्ट रोजाइ हुन सक्छ । नेपाली माटोको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा बिछट्टै फरक स्वादको पनि छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध मार्सी बियर जमघटहरूमा होओस् वा बियरको आनन्द लिनेहरूका लागि होओस्, सबै अवसरहरूका लागि उपयुक्त छ ।

    मार्सी बियरको विशेषता
    मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले “नेपाली माटोको स्वाद” अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको छ । यसरी जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा सो स्वाद रहिरहने जानकारी बियरका विज्ञहरूले वैज्ञानिक रूपमा नै प्रमाणित गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images