images
images
  • बालाजुको नेविको विस्कुट उद्योगमा ८ घण्टादेखि आगलागी, नियन्त्रणमा हेलिकप्टर परिचालन गरियो

    काठमाडौँ . बालाजु औद्योगिक क्षेत्रको नेविको विस्कुट उद्योगमा ‘भीषण’ आगलागी भएको छ ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको विस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

    आगो नियन्त्रणमा हेलिकप्टरसहित ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

    क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images