images
images
  • आज पनि देशभर मौसम पूर्ण बदली, यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

     

    काठमाडौं । आज पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ ।

    यस क्रममा प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
    यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

    यस क्रममा प्रदेश– १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images