काठमाडौं– ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डेको खोलाले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाण्डे भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएकी थिइन् । उनलाई खोलाले बगाएपछि वडा प्रहरी कार्यालय वालिङका प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा पाण्डेको शव घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















