काठमाडौं– भोटेकोशी नदीको हिमबाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५५ पुगेको छ ।
रसुवा, तनहुँ, नुवाकोट, नवलपरासी (पूर्व/पश्चिम), धादिङ, गोरखा र चितवनमा शव तथा मानव अंग फेला परेको प्राधिकरणले जनाएको छ ।
सोमबार बिहान ११ बजेसम्म ४ हजार ९९६ जना सम्पर्कविहीन छन् ।
रसुवामा १ हजार ९६७ र नुवाकोटमा २ हजार ३४० जना सम्पर्कविहीन रहेको जनाइएको छ ।
५८९ विदेशी नागरिक पनि सम्पर्कविहीन छन् ।
हालसम्म ६ हजार ६७२ घाइतेको उपचार भएको छ भने १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
२१ हजार ४०२ सुरक्षाकर्मी परिचालन छन् ।
३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















