काठमाडौं- बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोले बोलिभियाको राजधानी ला पाजको ३० किलो मिटर दक्षिणपश्चिममा रहेको वियाचा स्थित सैन्य परिसरमा विस्पोट भएको बताएका छन् ।
उनका अनुसार उक्त क्षेत्रमा पाइरोटेक्निक सामग्री भण्डार गरिएको थियो ।
विज्ञप्तिमा शुक्रबार दिउँसो लगभग २ः३० बजे भएको विस्फोटको कारण बारे अनुसन्धान भईरहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























