काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ र सदस्य उद्योगहरूले एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
संघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि प्रभावित नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन सहयोग गरिएको संघले जनाएको छ ।
संघले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा अन्य सहयोगात्मक कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















