काठमाडौं- नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएको हो ।
माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । थप केही मन्त्रालय माओवादीले पाउने छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादीले निर्णय गर्न सकेको छैन ।
देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएको थियो। साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ । तर प्रधानमन्त्री भएको २१ दिन वितिसक्दा पनि देउवाले मन्त्रिपरिषललाई पूर्णता सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा यही साउन ९ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा दबाबमा परेको बताएका थिए ।
प्रचण्डको गुनासो: मभित्र आतंक छ, क–कसलाई मन्त्री बनाउने ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफू कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको बताए ।
म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु’ उनले आफ्नो मन्तव्यको शुरुतिरै भने, ‘आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’ अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने बताए ।
मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, ‘यहाँ मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिंड्ने, मन्त्री पायो भने मात्र‘गर्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र ।’ आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, तर नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएको पनि अध्यक्ष प्रचण्डले बताए ।
मन्त्री छान्ने विषयमा आफू मानसिक तनावमा परेको पनि उनले बताए । ‘कुरा गर्दा आदर्शका ठूल्ठूला कुरा गर्ने तर चित्त चाहिं के छ भने मन्त्री पाइन्छ कि पाइँदैन रु पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, यो आजको हाम्रो कल्चर हो’ प्रचण्डले भने ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्