images
images
  • मन्त्रीहरुको नाम टुंग्याउ बस्ने भनिएको माओवादी केन्द्रको बैठक स्थिगित

    काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।

    आज पार्टी कार्यालय पेरिशडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताईएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी हुनुभएको छ । बाँकी ५ जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।

    माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टी पंक्तीलाई निर्देशन समेत दिईएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images