images
images
  • सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।

    मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरूङबीच हिजो सोमबार अबेर भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गरिने भएको छ । जसका लागि गृहमन्त्री गुरुङलेृ तत्काल प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यस्तै, कप्तानगञ्ज घटनाको निष्पक्ष र दोषीउपर कारबाही गर्ने, मदरसाको कानुनी हैसियतको निर्क्योल गर्ने, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउने र मृतक यादवको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३ सुनसरी लैजाने सहमति भएको छ ।

    यस्तै, घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images