काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण तथा दुहबी–दमक १३२ केभी प्रसारण लाइन निर्माण कार्यका कारण शनिबार पूर्वी नेपालका विभिन्न क्षेत्रमा १२ घण्टा विद्युत् सेवा बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार साउन २३ गते बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
यस अवधिमा केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड–एन्ड टावर जडानको कामसमेत गरिनेछ ।
प्राधिकरणले प्राविधिक काम सम्पन्न भएलगत्तै विद्युत् सेवा पुनः सुचारु गरिने जनाएको छ ।
निर्धारित समयभन्दा अगावै काम सकिए विद्युत् पनि समयअघि नै सञ्चालनमा ल्याइने बताइएको छ ।
सेवाग्राहीलाई पर्ने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।
तालिका :



विश्व खबर 


















