images
images
  • प्रम बालेन नेतृत्व मन्त्रिपरिषद्को निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ ।

    बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा शुल्कमा छुट दिने, मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने तथा गणेश नेपालीको आत्महत्या घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले विशेष अदालतको अध्यक्षमा वासुदेव आचार्य, श्रम अदालतको अध्यक्षमा दिपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    साथै, आर्थिक ऐन–२०८३ अन्तर्गत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकका निर्णय :

    १. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।

    २.श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने ।

    ३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने ।

    ४. २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने ।

    ५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३/०४/०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने ।

    ६. गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने ।

    ७. आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images