काठमाडौं– काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी र संगठित अपराध, खाँणलाई ती कसुरमा मतियार, तथा पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो ।
मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाल पनि सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन् ।
अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई भने सफाइ दिएको छ ।
अन्य ८ जना फरार प्रतिवादीको मुद्दा मुल्तवीमा राखिएको छ ।
यो प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करिब २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २०८० जेठमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
अदालतले दोषी ठहर गरेकाहरूको सजाय निर्धारण भने छुट्टै सुनुवाइमार्फत गर्नेछ ।


विश्व खबर 



















