images
images
  • म्याग्दीमा सवारी दुर्घटना, १० जना घाइते

    काठमाडाैं- म्याग्दीको बेनीबाट पोखरातर्फ जाँदै गरेको इभि गाडी दुर्घटना हुँदा  १० जना घाइते भएका छन्।

    म्याग्दीको बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी पर्वतको कुश्मा नजिक माझमेलामा दुर्घटनामा परेकाे हाे  ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीव्र गतिमा गुडिरहेको सवारी चिप्लिएर सडक नालीमा खसेपछि दुर्घटना भएको हो।

    घाइते हुनेहरूमा म्याग्दी बेनी नगरपालिका–४ का ६० वर्षीया देवी खत्री, पोखरा महानगरपालिका–१३ का ५५ वर्षीय लालवीर दमै, २५ वर्षीया सीता परियार, पर्वत जलजला गाउँपालिका–२ की ३८ वर्षीया लिला परियार र उनका आठ वर्षीय छोरा दिप्सन परियार रहेका छन्।

    यसैगरी ४९ वर्षीय विष्णु दमै, १९ वर्षीया सुस्मिता दमाई, पोखरा महानगरपालिका–१० की ३८ वर्षीया सुशीला थापा र ५० वर्षीया लिला थापा पनि घाइते भएको प्रहरीले जनाएको छ।

    सबै घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अधिकांशको टाउको तथा हातखुट्टामा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images