काठमाडौं– सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्दै परिषद्मा प्रधानमन्त्रीसहित ३ जनाको बहुमतले निर्णय गर्न सकिने व्यवस्था ल्याउन अध्यादेश सिफारिस गरेको छ ।
यसअघि २०७७ मा केपी शर्मा ओलीले ल्याएको यस्तै अध्यादेश विवादित बनेको थियो र पछि निष्क्रिय भएको थियो ।
अहिले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पनि सोही प्रकृतिको व्यवस्था अघि बढाएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः दबाबमा परेका छन् ।
यसअघि ओली र सुशीला कार्की दुवै सरकारका प्रस्तावमा समेत राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक मर्म विपरीत भन्दै रोक लगाएका थिए ।
सरकारको प्रस्तावअनुसार ६ सदस्यीय संवैधानिक परिषद्मा ४ जना उपस्थित भए गणपूरक संख्या पुग्ने र अध्यक्षसहित ३ जनाले निर्णय गर्न सक्ने व्यवस्था गरिनेछ ।
विपक्षी दल र नेपाल बार एसोसिएसनले भने संसद् छलेर अध्यादेश ल्याइएको भन्दै कडा विरोध गरेका छन् ।
अब यस विवादित अध्यादेशमा राष्ट्रपति पौडेलले के निर्णय गर्छन् भन्ने चासो बढेको छ ।























