images
images
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै

    काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ ।
    नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
    यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।
    लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।
    यूएईको २२ खेलमा १२ अंक छ र आठौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images