images
images
  • ईयु अधिकारीलाई रूस प्रवेशमा प्रतिबन्द

    रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नविन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९ईयू० का अधिकारीहरूलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

    युक्रेनलाई सैन्य सहायता दिने निर्णयमा संलग्न युरोपेली संस्था र ईयू सदस्य राष्ट्रका प्रतिनिधिहरूको प्रवेशमा मस्कोले प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

    मन्त्रालयले ईयूको प्रतिवन्द नविकरण निर्णयहरूको प्रतिक्रियामा, रूसी पक्षले ईयूसँग सम्बन्धित संस्थाहरू, ईयूका सदस्य राष्ट्रहरू र धेरै युरोपेली प्रतिनिधिहरू सहितको प्रतिवन्द सूची विस्तार गरेको जनाएको छ ।

    यसै गरी प्रतिवन्द सूचीमा युरोपेली युनियन सँगको समन्वय तथा युक्रेनलाई सैन्य सहयोग गर्ने निर्णयमा संलग्न अन्य धेरै युरोपेली देशका प्रतिनिधिहरूलाई समावेश गरी विज्ञप्ति जारी गरिएको जनाइएको छ ।

    यस अघि अप्रिल–२३ मा ईयूले रूसविरुद्ध २०औं प्रतिबन्धको नविकरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images