images
images
  • प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै

    काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

    त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै पहिलो प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीले देशको बागडोर सम्हालेकी थिइन् ।

    ६ महिनाभित्र निर्वाचन गरेर सत्ता सुम्पिने म्यान्डेड पाएअनुसार नै उनी नेतृत्वको सरकारले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्‍यो ।

    निर्वाचनबाट रास्वपाले करिब दुई तिहाइ सिट जितेर एकल सरकार बनाउँदैछ ।

    शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् ।

    त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images