images
images
  • बढ्यो देशभरको तापक्रम, कहाँ कति ?

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम बढ्दो क्रममा रहेको बताएको छ ।

    देशका विभिन्न प्रमुख सहरहरूको तापक्रम पूर्वानुमान विवरण गर्दै महाशाखाले तापक्रम बढ्ने उल्लेख गरेको हो ।

    विभागको तथ्याङ्क अनुसार संघीय राजधानी काठमाडौँमा आज दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस र रातीको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

    आज भैरहवा देशकै सबैभन्दा गर्मी सहर हुने देखिएको छ, जहाँ अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

    यस्तै नेपालगञ्ज र सिमरामा पनि अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।

    जोमसोममा आज सबैभन्दा बढी चिसो हुनेछ, जहाँ रातीको तापक्रम शून्यदेखि २ डिग्री सेल्सियससम्म झर्ने अनुमान छ ।

    यस्तै जिरीमा ३-५ डिग्री र जुम्लामा ४-६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ ।

    656240899 1944871529755256 2422582289287144728 n V9ZOlXO9gp

    प्रतिक्रिया दिनुहोस्
    images
    images