images
images
  • घाँस काट्ने क्रममा भीरबाट खसेर एक किशोरी मृत्यु, अर्की गम्भिर घाइते

    दैलेख । घाँस काट्ने क्रममा भिरबाट लडेर दैलेखमा एक किशोरीको मृत्यु भएको छ भने अर्की किशोरी गम्भीर घाइते भएकी छिन् ।
    घाँस काट्ने क्रममा भिरबाट लड्दा भगवतीमाई गाउँपालिका–४ की १७ वर्षीया टीका बीसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार दुबै किशोरी घाँस काट्न स्थानीय स्याउली पाखामा गएका थिए । घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै टीका बिसी भिरबाट खसेकी थिइन् ।

    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ । उनको अवस्था गम्भीर रहेको आफन्तले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images